Kathmandu Press

मधेशमा तीन दिन होली

काठमाडौं, चैत ३ : मधेश प्रदेशमा यसपालि लगातार तीन दिन ‘होली’ पर्व मनाइने भएको छ । तिथि र मध्यमा परिक्रमाका कारण गर्दा यसपालि लगातार...
मधेशमा तीन दिन होली

काठमाडौं, चैत ३ : मधेश प्रदेशमा यसपालि लगातार तीन दिन ‘होली’ पर्व मनाइने भएको छ । तिथि र मध्यमा परिक्रमाका कारण गर्दा यसपालि लगातार तीन दिन पर्वको तयारी देखिएको हो।

मधेशका पर्वते समुदायले आज पूर्णिमाका दिन ‘होली’ मनाइरहेका छन् भने मधेश प्रदेशका मधेशीले  पूर्णिमाको भोलिपल्ट ‘होली’ मनाउँछन् । मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने परम्परा छ । यसअनुसार आज जनकपुरधाम आइपुगेको  परिक्रमा भोलि अन्तर्गृह परिक्रमा गरेर शनिबार होली मनाउने तयारीमा छ ।

Hardik ivf

छोड्दो पूर्णिमा तिथिमा पर्वते समुदायले, चैत कृष्ण प्रतिपदाका दिन र मधेशी समुदायले उदाउँदो पूर्णिमा तिथिमा होली मनाउने परम्परा भए पनि जनकपुर क्षेत्रमा अन्तर्गृह परिक्रमाको भोलिपल्ट पर्व मनाइने गरिन्छ । यसअनुसार जनकपुरमा शनिबार होली खेलिने छ । 

‘माध्यमिकी परिक्रमाका यात्री डोलासहित आज जनकपुर आए, अब भोलि अन्तर्गृह परिक्रमा हुनेछ, त्यसैले यहाँ शनिबार होली मनाइने छ,’ मैथिल परम्पराबारे बताउँदै जनकपुरका पत्रकार वीरेन्द्र रमणले भने। यसकारण मधेशमा यसपालि लगातार तीन दिन ‘होली’ हुने भएकोे हो।

प्रकाशित मिति: ११:३४ बजे, बिहीबार, चैत ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्