Kathmandu Press

सेनाका अन्तर्राष्ट्रिय निर्णायक ढकाल बेल्जियम प्रस्थान गर्दै

काठमाडौं, चैत ३ : नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकालको बेल्जियम र स्पेनमा हुने खुल्ला तेक्वान्दो प्रतियोगिताको निर्णायकमा मनोनयन गरिएको छ ।एशियन...
सेनाका अन्तर्राष्ट्रिय निर्णायक ढकाल बेल्जियम प्रस्थान गर्दै

काठमाडौं, चैत ३ : नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकालको बेल्जियम र स्पेनमा हुने खुल्ला तेक्वान्दो प्रतियोगिताको निर्णायकमा मनोनयन गरिएको छ ।

एशियन तेक्वान्दो यूनियनबाट ती दुवै प्रतियोगिताका लागि उनी निर्णायक मण्डलमा छनोट भएका हुन् । बेल्जियम तेक्वान्दो फेडरेशनद्वारा आगामी शनिबार र आइतबार आयोजना हुने बेल्जियम खुला तेक्वान्दो प्रतियोगिताका लागि निर्णायक मण्डलमा रहन उनी आजै त्यसतर्फ प्रस्थान गर्दै छन् । नेपाल तेक्वान्दो सङ्घले रेफ्री ढकाललाई बुधबार नै बिदाइ गरिसकेको छ।

Hardik ivf

रोयल स्पेनिस तेक्वान्दो फेडरेशनद्वारा यही चैत १८ देखि २० गतेसम्म आयोजना हुने स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२ का  लागि पनि निर्णायमण्डलमा रहन ढकाललाई निमन्त्रणा प्राप्त भइसकेको छ।

यसअघि ढकाल गत कात्तिकमा पाकिस्तानको इस्लामावाद र फ्रान्समा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि निर्णायक हुनुहुन्थ्यो । चीनको उहानमा २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगिता (सिज्मस्मा) समेत तेक्वान्दो विधामा निर्णायकमण्डलमा कुशलता प्रदर्शन गरेसँगै उनको लोकप्रियता बढेको हो।

चीनकै उसि सहरबाट विसं २०७० मा अन्तर्राष्ट्रिय रेफ्री कोर्स प्राप्त गर्नुभएका  ढकाल काभ्रे कुशादेवीका बासिन्दा हुनुहुन्छ । काठमाडौँमा भएको दक्षिण एशियाली खेलकुद (साग) र जर्मनीको ह्याम्बर्गमा भएको जर्मन ओपनमा विश्व वरियता खेलकुद जी टु प्रतियोगितामा पनि ढकाल रेफ्र्री थिए। 

तेक्वान्दो विधामा छोटो समयको तीव्र प्रतिस्पर्धाका खेलाडीबीच सही निर्णय सुनाउन तटस्थता, निष्पक्ष, सहासिक र व्यावसायिक गुण अनिवार्य मानिन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो श्रेणीको निर्णायक वरियता नजिक रहेका ढकाल मुलुकका सुरक्षा निकायका एक्ला अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री छन्। 

प्रकाशित मिति: ११:२८ बजे, बिहीबार, चैत ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्