Kathmandu Press

फार्मेसीमा भएको अनियमिताको छानबिन गर्न समिति गठन

काठमाडौं, चैत ३ : जिल्ला अस्पतालको फार्मेसीमा आर्थिक अनियमितता गरेको आरोपमा चार कर्मचारी निलम्बनमा परेका छन् । आर्थिक अनियमितताको विषय बाहिरिएपछि कर्मचारीलाई निलम्बन गरिनाका...
फार्मेसीमा भएको अनियमिताको छानबिन गर्न समिति गठन
Hardik ivf

काठमाडौं, चैत ३ : जिल्ला अस्पतालको फार्मेसीमा आर्थिक अनियमितता गरेको आरोपमा चार कर्मचारी निलम्बनमा परेका छन् । आर्थिक अनियमितताको विषय बाहिरिएपछि कर्मचारीलाई निलम्बन गरिनाका साथै छानबिन गर्न पाँच सदस्यीय समितिसमेत गठन गरिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।
 
जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष घनेन्द्र मादेनको अध्यक्षतामा बुधबार बसेको बैठकले पाँच दिनभित्र प्रतिवेदन तयार गर्न छानबिन समिति गठन गरेको हो। सहायक प्रमूख जिल्ला अधिकारी यमबहादुर भट्टराईको संयोजकत्वमा अस्पतालका डा दीपेन्द्र बोखिम, प्रहरी निरीक्षक राकेश यादव, कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल दुर्गा थापा र स्वास्थ्य कार्यालयका विवेश थुलुङ सदस्य रहेको छानबिन समिति गठन गरिएको हो । उक्त समितिले प्रतिवेदन सार्वजनिक नगरुञ्जेलसम्म फार्मेसी सेवा बन्द हुने भएको छ।
 
चिकित्सकले बिरामीको पुर्जामा लेखिएको औषधिबाहेक फार्मेसीमा कार्यरत कर्मचारीले थप गरेर लेखेको समितिले जनाएको छ । बिरामीसँग अतिरिक्त रकम असुली गरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको रकम दाबी गर्न बीमा फाँटलाई कागजात पेश गरेर बिरामी, अस्पताल र बीमा बोर्डलाई नै आर्थिक भार पर्ने गरी अनैतिक क्रियाकलाप गरेको हुनसक्ने आशङ्का गरिएको छ । दोषी नठहरिएसम्म आरोपित मात्र भएकाले कर्मचारीको नाम भने समितिले खुलाएको छैन। 

प्रकाशित मिति: ११:१४ बजे, बिहीबार, चैत ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्