Kathmandu Press

नेपाली सेनाका ढकाल अन्तर्राष्ट्रिय खुला तेक्वान्दोमा निर्णायक बन्ने

काठमाडाैं, चैत ३ : नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल बेल्जियम र स्पेनमा हुने खुल्ला तेक्वान्दो प्रतियोगिताको निर्णायक बन्ने भएका छन्...
नेपाली सेनाका ढकाल अन्तर्राष्ट्रिय खुला तेक्वान्दोमा निर्णायक बन्ने

काठमाडाैं, चैत ३ : नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल बेल्जियम र स्पेनमा हुने खुल्ला तेक्वान्दो प्रतियोगिताको निर्णायक बन्ने भएका छन् । एसियन तेक्वान्दो यूनियनबाट निर्णायकका रुपमा छनोट भएका हुन्।

बेल्जियम तेक्वान्दो फेडरेशनद्वारा आगामी शनिबार र आइतबार आयोजना हुने बेल्जियम खुला तेक्वान्दो प्रतियोगिताका लागि निर्णायक मण्डलमा रहन ढलका आजै त्यसतर्फ प्रस्थान गर्दैछन्। नेपाल तेक्वान्दो सङ्घले रेफ्री ढकाललाई बुधबार नै बिदाइ गरिसकेको छ।

रोयल स्पेनिस तेक्वान्दो फेडरेशनद्वारा यही चैत १८ देखि २० गतेसम्म आयोजना हुने स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२ का  लागि पनि निर्णायमण्डलमा रहन ढकाललाई निमन्त्रणा आएको छ ।

यसअघि ढकाल गत कात्तिकमा पाकिस्तानको इस्लामावाद र फ्रान्समा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि निर्णायक हुनुहुन्थ्यो । चीनको उहानमा २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगिता (सिज्मस्)मा समेत तेक्वान्दो विधामा निर्णायकमण्डलमा कुशलता प्रदर्शन गरेसँगै उनी चर्चामा आएका हुन्।

चीनको उसीबाट अन्तर्राष्ट्रिय रेफ्री कोर्स गरेकाम ढकाल सुरक्षा निकायका एक्ला अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री हुन्।

प्रकाशित मिति: १०:३९ बजे, बिहीबार, चैत ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्