च्याम्पियन्स लिगको क्वाटरफाइनलमा चेल्सी र भिल्लारियल
काठमाडौं, चैत ३ : चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन्स समेत रहेको चेल्सीले फ्रेन्च क्लब लिलेलाई २-१ गोल...
काठमाडौं, चैत ३ : चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन्स समेत रहेको चेल्सीले फ्रेन्च क्लब लिलेलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-१ गोल अन्तरको नतिजा निकालेको हो।
चेल्सीले पहिलो लिगमा लिलेलाई २-० गोल अन्तरले पराजित गरेको थियो।
दोस्रो लिगमा २-१ को नतिजा निकाल्ने क्रममा चेल्सीका लागि क्रिस्टियन पुलासिक र सेजार जपिलीक्यूएटाले एक एक गोल गरेका थिए । त्यसैगरी लिलेका लागि बुराक यिलमाजले एक गोल पेनाल्टी मार्फत गरेका थिए।
यता, इटालियन क्लब युभेन्ट्स यूईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।
घरेलु मैदानमा दोस्रो लेगमा भिल्लारियलसँग ३–० गोलले पराजित भएपछि युभेन्ट्स च्याम्पियन्स लिगको प्रि–क्वाटर फाइनलबाटै बाहिरिएको हो ।
गएराति भएको खेलमा भिल्लारियलका जेरार्ड मोरेनो, पाउ टोरेस र एर्नाउट डानजुमाले एक–एक गोल गरे ।
युभेन्ट्स समग्रमा ४–१ गोलले पराजित भयो । पहिलो लेगको खेल एक–एक गोलको बराबरीमा सकिएको थियो । यो सँगै भिल्लारियल लिगको क्वाटरफाइनलमा पुगेको छ ।











