ज्ञानेन्द्र शाहीमाथि भरतपुरमा कुटपिट
चितवन, असोज ११ : अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा निर्घात कुटपिट भएको छ।
‘नेपालका लागि नेपाली’ भन्ने अभियान लिएर....
चितवन, असोज ११ : अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा निर्घात कुटपिट भएको छ।
‘नेपालका लागि नेपाली’ भन्ने अभियान लिएर चितवन पुगेका शाहीमाथि भरतपुरमा कुटपिट भएको हो। शनिबार दिउँसो चौबिसकोटीमा खबरदारी सभा राखेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले कार्यक्रम गर्न नदिने चेतावनी दिएका थिए।
उनीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका थिए। त्यस लगत्तै शाहीमाथि कुटपिट भएको थियो।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिएको छ। चौबिसकोटीको होटलबाट बाहिर निस्कदै गर्दा गाडी रोकेर शाहीमाथि कुटपिट गरिएको थियो।
प्रकाशित मिति: १५:३८ बजे, शनिबार, असोज ११, २०७६
थप समाचार






