Kathmandu Press

६ बुँदे घोषणा पत्र जारी गर्दै दक्षिण एसियाली महिला सम्मेलन सम्पन्न

काठमाडौं,  चैत २  : दक्षिण एसियाली महिला सम्मेलन ६ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनमार्फत महिला र किशोरीहरुविरुद्धको हिंसा अन्त्यका...
६ बुँदे घोषणा पत्र जारी गर्दै दक्षिण एसियाली महिला सम्मेलन सम्पन्न

काठमाडौं,  चैत २  : दक्षिण एसियाली महिला सम्मेलन ६ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । 

सम्मेलनमार्फत महिला र किशोरीहरुविरुद्धको हिंसा अन्त्यका लागि दक्षिण एसियाली महिला अधिकारकर्मीहरुले विश्वब्यापी सन्धीको आब्हान गरेका छन् ।

Hardik ivf

नेपाल, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाका बरिष्ठ महिला अधिकारकर्मीहरु सहभागी दुई दिने सम्मेलनमा महिला र किशोरीविरुद्धको हिंसा अन्त्यका लागि नयाँ अन्तर्राष्ट्रिय मानकको लागि तत्काल आब्हान गर्ने सहमति भएको हो । 

राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, महिला गैरसरकारी संस्था महासंघ र एभ्री वुमन संस्थाको संयुक्त आयोजनामा मंगलबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एसियाली महिला सम्मेलनको दोस्रो दिन सम्मेलनमा उपस्थित प्रतिनिधिहरुले हिंसालाई सम्बोधन गर्न नयाँ र ब्यापक बाध्यकारी मानकलाई तुरुन्तै लागु गर्न हर सम्भव प्रयासका लागि दक्षिण एसियाली राष्टका सरकारहरुलाई आह्वान गरेका छन् । 

वर्तमान प्रणालीमा रहेको नियमात्मक, भौगोलिक र कार्यान्वयको खाडललाई पूरा गर्ने क्रममा विश्वब्यापी उपकरणले महिला तथा किशोरीविरुद्ध हुने हिंसा प्रतिको संरक्षण, रोकथाम, दण्ड र दृष्टिकोणमा परिवर्तन ल्याउने सम्मेलनको निष्कर्ष छ ।  

सम्मेलनको समापन गर्दै सर्वोच्च अदालतकी न्यायधिश सपना प्रधान मल्लले महामारी र जलवायु परिवर्तनजस्ता प्रकोपबाट महिला र किशोरीहरुमाथि हुने  असरलाई कम गर्न सहयोग पुर्याउने बताए । 

सम्मेलनले जारी गरेको घोषणापत्रमा महिला र किशोरीविरुद्ध हुने हिंसाको डरलाग्दो प्रभाव र त्यसम पनि महामारीजस्ता प्रकोपले दक्षिण एसिया र विश्वमा नै झनै असर बढाउने कुरा पहिचान गरिएको छ । 

सम्मेलन मार्फत् मानव अधिकारको उल्लंघन र जनस्वास्थ्य संकटको सबैभन्दा गहिरो प्रभाव महिला र किशोरीमा हुने गरेको कुरालाई पनि जोड दिइएको छ । 
 

प्रकाशित मिति: २०:०७ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्