Kathmandu Press

‘राज्यबाट घरेलु तथा साना उद्योगलाई राज्यले अझैपनि उपेक्षित’ 

काठमाडौं, चैत २ : नेपाल घरेलु तथा साना उद्योग महासंघले घरेलु तथा साना उद्योगलाई राज्यले अझैपनि उपेक्षित गरेको गुनासो गरेको छ । हालै वीरगञ्जमा...
‘राज्यबाट घरेलु तथा साना उद्योगलाई राज्यले अझैपनि उपेक्षित’ 

काठमाडौं, चैत २ : नेपाल घरेलु तथा साना उद्योग महासंघले घरेलु तथा साना उद्योगलाई राज्यले अझैपनि उपेक्षित गरेको गुनासो गरेको छ । 

हालै वीरगञ्जमा सम्पन्न २५ औ राष्ट्रिय महाधिवेशन तथा २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट चयन भएको नयाँ कार्यसमितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मुलुकको निर्यातको ६० प्रतिशत घरेलु तथा साना उद्योग क्षेत्रले योगदान पुरा  भएपनि राज्यले भने अझैपनि उपेक्षित गरेको गुनासो गरेको हो ।

Hardik ivf

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले हाल ४ लाख ८७ हजार ६ सय ४३ उद्योगहरु दर्ता कायम भई सञ्चालनमा रहेको जानकारी दिए । 

उनले नेपालका लघु, घरेलु तथा साना उद्योगहरुको बिद्युतिय तथ्याङ्क अध्यावधिक गर्ने योजना रहेको बताउनुभयो । त्यस्तै उहाले सात वटै प्रदेशमा बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरि उद्यमीहरुलाई  सहूलियतपूर्ण कर्जा उपलव्ध गराउन सहजिकरण गर्ने पनि बताए । 

नवनिर्वाचित अध्यक्ष सिंहले महासंघको उपस्थितिलाई देशैभर व्यापक बनाउँदै लैजाने र लघु, घरेलु तथा साना उद्योगीहरुलाई आत्मस्वाभिमानका साथ अगाडि बढ्न सक्ने वातावरण बनाउन लागिपर्ने उल्लेख गरे ।

महासंघमा सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । 

प्रकाशित मिति: १९:५७ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्