Kathmandu Press

निर्माण व्यवसायीको ढिलासुस्तीले चारआली–केचना सडक निर्माण अधुरै

झापा, चैत २ : निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पटक–पटक म्याद थप गर्दासमेत हुलाकी सडक अन्तर्गत निर्माण भइरहेको ‘चारआली–केचना सडक’को निर्माण पूरा हुन सकेन।दुई...
निर्माण व्यवसायीको ढिलासुस्तीले चारआली–केचना सडक निर्माण अधुरै

झापा, चैत २ : निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पटक–पटक म्याद थप गर्दासमेत हुलाकी सडक अन्तर्गत निर्माण भइरहेको ‘चारआली–केचना सडक’को निर्माण पूरा हुन सकेन।

दुई महिनाअघि नै ९० प्रतिशत काम भइसके पनि हाल व्यवसायीले बेवास्ता गर्दा निर्माणमा अवरोध भइरहेको हुलाकी राममार्ग योजना कार्यालय इटहरीका इञ्जिनियर प्रमोद खतिवडाले जानकारी दिए। उनका अनुसार चारआली–केचना ४० किलोमिटर सडक निर्माणका लागि २०७३ असोज १७ गते निर्माण व्यवसायी कालिका कनकाई याङथुम्हाङ जेभी र लामा ढाँफे कञ्जनजङघा जेभीले २०७५ चैत १६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेका थिए। तर पटकपटक म्याद थप गर्दासमेत सडक निर्माणको काममा ढिलाइ भइरहेको उनको भनाइ छ। 

Hardik ivf

उनले सडक निर्माणको अन्तिम म्याद यही चैत ३० गतेसम्म रहेको बताउँदै भने, ‘अब सडक निर्माणका लागि भनेर म्याद थप गर्ने योजना छैन।’ तोकिएको मितिसम्म पूरा काम नगर्ने निर्माण व्यवसायीलाई कानुन अनुसार कारबाही हुने उनले बताए। 

उनले भद्रपुर नगरपालिकाभित्र रहेको संगमचोकदेखि भानुचोकसम्मको ५०० मिटर, बनियानी र सकुनाढिकीमा ५०० मिटर गरी एक किलोमिटर क्षेत्र मात्र निर्माण गर्न बाँकी रहेको बताए। उहाँले सडक निर्माण रोक्नुपर्ने कारण देखाउन आग्रह गर्दै निर्माण व्यवसायीलाई पटकपटक पत्राचार गर्दासमेत लिखित कारण देखाउन नसक्ने र तत्काल बनाउँछौं भन्दै मौखिक जवाफ मात्र दिने गरेको बताए। 

सो सडक निर्माणका लागि कार्यालयबाट चारआलीदेखि देउनिया खोलासम्मका लागि रु. ४१ करोड ६५ लाख र देउनिया खोलादेखि कचनकवलसम्मका लागि रु ४२ करोड ५६ लाख ठेक्का सम्झौता रकम रहेको जानकारी दिए। 

प्रकाशित मिति: १७:५६ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्