Kathmandu Press

चुनावमा जनतामाझ गरेका बाचा भुलेका छैनौँ : रक्षामन्त्री पोखरेल

काठमाडौं, असोज ११ : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले चुनावी घोषणालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले  निराश नहुन सबैलाई आग्....

चुनावमा जनतामाझ गरेका बाचा भुलेका छैनौँ : रक्षामन्त्री पोखरेल

काठमाडौं, असोज ११ : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले चुनावी घोषणालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले  निराश नहुन सबैलाई आग्रह गरेका छन्।

दशैँतिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वका शुभकामना आदानप्रदान तथा हालसम्म भएका विकासका गतिविधिको सार्वजनिकीकरण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले चुनावमा जनतामाझ पुगेर गरेका घोषणा आफूहरुले नभुलेको बताएका हुन्।

उनले नेताले बाटो बिराउन लागेको देखे खबरदारी गर्न आग्रह गरे। रक्षामन्त्री पोखरेलले जनताका काम गर्न जनप्रतिनिधिले कुनै बहानाबाजी गर्न नहुने बताए। 

‘जनप्रतिनिधि जनताले बनाएका हुन्’, रक्षामन्त्री पोखरेलले भने,‘म यसप्रति गम्भीर छु। तपाईंहरुका कुनै समस्या भए वडामार्फत ती समस्या सीधै मसँग बाँड्न सक्नुहुन्छ, म समाधान गर्न पहल कदमी लिन्छु।’
 

प्रकाशित मिति: १४:११ बजे, शनिबार, असोज ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्