Kathmandu Press

देशभरि थप ८२ जनामा कोरोना संक्रमण

काठमाडाैं, चैत २ : नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ४ हजार ७ सय ९० पिसिआर परीक्षणका क्रममा ४१...
देशभरि थप ८२ जनामा कोरोना संक्रमण

काठमाडाैं, चैत २ : नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ४ हजार ७ सय ९० पिसिआर परीक्षणका क्रममा ४१ जना र १ हजार ३ सय ८५ एन्टिजेन परीक्षणका क्रममा ४१ जनामा नै कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन।

Hardik ivf

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ। त्यस्तै थप २ सय १३ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार ५ सय ६१ जना संक्रमण मुक्त भएका छन्।

हाल नेपालमा ४ हजार ५ सय ७४ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:५४ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्