Kathmandu Press

कम्युनिष्ट शासनको प्रतिवाद जनता आफैँले गर्न थालिसके : महामन्त्री कोइराला

काठमाडौं, असोज ११ :  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असफल भइसकेको दाबी गरेका....

कम्युनिष्ट शासनको प्रतिवाद जनता आफैँले गर्न थालिसके : महामन्त्री कोइराला
फाइल

काठमाडौं, असोज ११ :  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असफल भइसकेको दाबी गरेका छन्।

कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ ले शनिबार नक्सालमा गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सरकारका कामबाट जनतामा निराशा छाएको बताए।

उनले सरकारका काम कारबाहीबाट निराश भएका जनताले कम्युनिस्ट शासनको प्रतिवाद आफै गर्न थालेको बताए। कोइरालाले सरकार संविधान विपरीत अघि बढ्न खोजे जनताले निरंकुश र एकतन्त्रीय शासनको प्रतिवाद गर्ने चेतावनी दिए।

कोइरालाले कम्युनिष्टहरु आफ्नो विचारबाट विचलित हुँदै गएकाले कांग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए। उनले आगामी निर्वाचनबाट कम्युनिष्टलाई पाखा लगाउने गरी पार्टीको काममा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

महामन्त्री कोइरालाले एकजुट भएर अघि बढे अर्को निर्वाचनमा कांग्रेसलाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न नसक्ने दाबी पनि गरे।
 

प्रकाशित मिति: १३:२३ बजे, शनिबार, असोज ११, २०७६