Kathmandu Press

उद्योगी महेश जाजुलाई महामूर्खको उपाधि

विराटनगर, चैत २ : विराटनगरका उद्योगी महेश जाजुलाई महामूर्खको उपाधि दिइएको छ। होली पर्वका अवसरमा मारवाडी युवा मञ्च विराटनगरले मंगलबार राति आयोजित एक कार्यक्रम गरेर...
उद्योगी महेश जाजुलाई महामूर्खको उपाधि

विराटनगर, चैत २ : विराटनगरका उद्योगी महेश जाजुलाई महामूर्खको उपाधि दिइएको छ। होली पर्वका अवसरमा मारवाडी युवा मञ्च विराटनगरले मंगलबार राति आयोजित एक कार्यक्रम गरेर उनलाई साे उपाधि दिएकाे हो।

हरेक वर्ष दिइने साे उपाधि महामूर्खलाई मारवाडी समुदायले सम्मानका रुपमा लिने गर्छ। समाजमा कुनै न कुनै रुपमा योगदान गरेका व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले महामूर्ख उपाधि दिने गरिएकाे आयोजक संस्थाले जनाएकाे छ।

Hardik ivf

साे उपाधि पाउने व्यक्तिलाई कुनै नायिकाको फोटो राखिएको ताज र बजारमा पाइने सस्तो तरकारीको माला बनाएर लगाइदिएर रमाइलो गर्ने गरिएकाे आयोजक संस्थाकाे भनाइ छ।

गत वर्ष महामूर्खको उपाधि उद्योगी चम्पालाल राठीलाई दिइएकाे थियाे। राठीले उपाधि जाजुलाई हस्तान्तरण गरे।

प्रकाशित मिति: १३:५९ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्