भरुवा बन्दुककाे गाेली लागेर डडेल्धुरामा एकको मृत्यु
डडेल्धुरा, चैत २ : यहाँ गोली लागेर एक जनाको मृत्यु भएको छ।मंगललबार राति गन्यापधुरा गाउँपालिका-५ स्थित पटौरा सामुदायिक वनमा जंगली जनावर मार्न भरुवा...
डडेल्धुरा, चैत २ : यहाँ गोली लागेर एक जनाको मृत्यु भएको छ।
मंगललबार राति गन्यापधुरा गाउँपालिका-५ स्थित पटौरा सामुदायिक वनमा जंगली जनावर मार्न भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा-४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको हो। मृतकको शव अस्पतालमा राखिएको बताइएको छ।
त्यस्तै घटनामा संलग्न रहेको हुन सक्ने भन्दै प्रहरीले अन्य चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। नियन्त्रणमा लिइएकाको परिचय भने प्रहरीले खुलाएको छैन।
प्रकाशित मिति: १३:१९ बजे, बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












