Kathmandu Press

झुठा आश्वासन बाँडेर कम्युनिष्टले जनतालाई एक पटक झुक्याए : पौडेल

भक्तपुर, असोज ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्धान्तको टुंगो नभएका कारण कम्युनिष्ट सरकार सत्ता सञ्चा....

झुठा आश्वासन बाँडेर कम्युनिष्टले जनतालाई एक पटक झुक्याए : पौडेल
फाइल

भक्तपुर, असोज ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्धान्तको टुंगो नभएका कारण कम्युनिष्ट सरकार सत्ता सञ्चालनमा पूर्ण रुपमा असफल भएको बताएका छन्।

भक्तपुरको दुवाकोटमा शनिबार कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने,‘राज्य सञ्चालन सिद्धान्तका आधारमा हुन्छ। तर कम्युनिष्टले सिद्धान्त नै अझैसम्म टुंगो लगाउन सकेका छैनन्। जसका कारण कम्युनिष्ट सरकार सत्ता सञ्चालनमा पूर्ण रुपमा असफल भयो।’ 

वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरुले झुठा आश्वासन बाँडेर एक पटक जनतालाई झुक्याइसकेको भन्दै अब कम्युनिष्टको लहैलहैमा लागेर जनता नझुक्किने बताए।

देशमा सुशासन कायम गर्न कम्युनिष्ट सरकार असफल भइसकेका कारण अबको विकल्प भनेको कांग्रेस नै भएको उनको भनाइ थियो। उनले भने, ‘जनताले र मुलुकले भर गर्न सक्ने कांग्रेस बनाउन हामी लागेका छौँ। हामी त्यो कांग्रेस बनाउँछौँ।’
 

प्रकाशित मिति: १२:०८ बजे, शनिबार, असोज ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्