Kathmandu Press

होलीलाई मर्यादित बनाउन प्रशासनको आग्रह

होलीलाई मर्यादित बनाउन प्रशासनको आग्रह

चितवन, चैत २ : जिल्ला प्रशासन कार्यालय चितवनले होली (फागुपूर्णिमा) लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी आशमान तामाङले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरीत रङ नदल्न आग्रह गरेका छन्। 

Hardik ivf

होली मनाउने नाममा रीतिरिवाज र परम्पराविपरीत उच्छृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो। सूचनामा सर्वसाधारणलाई दुःख दिने, इच्छाविपरीत रङग दल्ने, लोला तथा फोहर पदार्थले हान्ने, मादकपदार्थ सेवान गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न भनिएको छ।

यसमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्था, सञ्चारकर्मी, महिला सञ्जाललगायत सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको सूचनामा भनिएको छ। कसैले अवाञ्छित एवं उछङ्खल क्रियाकलाप गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ।

यता जिल्ला प्रहरी कार्यालय चितवनले पनि सभ्य तरिकाले फागुपूर्णिमा मनाउन आग्रह गरेको छ। प्रहरीले होली खेल्दा अण्डा, मोबिल, लोला तथा फोहर पानी प्रयोग नगर्न आग्रह गरेको हो। यस्तै मादकपदार्थ सेवन गरेर सवारीसाधन नचलाउन तथा सवारीसाधन तीव्र गति नचलाउन पनि प्रहरीले आग्रह गरेको छ।

मोटरसाइकलमा दुईजनाभन्दा बढी नचढ्न, अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान, लागुऔषध सेवन नगर्न तथा चर्को आवाज आउने गरी डिजे गीत र बाजा नबजाउन पनि प्रहरीले सबैमा आग्रह गरेको छ।

प्रकाशित मिति: ११:५७ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्