एट्लेटिकोसँग पराजित हुँदै युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो
काठमाडौं, चैत २ : इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ ।अन्तिम १६ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १(०...
काठमाडौं, चैत २ : इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ ।
अन्तिम १६ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १(० ले पराजित भएपछि समग्रमा २–१ को हार व्यहोर्दै युनाईटेड बाहिरिएको हो ।
स्पेनमा भएको पहिलो लेगमा युनाईटेड र एट्लेटिकोले १’१ गोलको बराबरी खेलेका थिए । तर, घरेलु लेगमा युनाईटेड पराजित भयो ।
ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले निर्णायक गोल गरे । उनले एन्टोनियो ग्रीजम्यानको पासमा ४१ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।पोर्चुगिज क्लब बेन्फिका पनि अन्तिम आठमा प्रवेश गरेको छ ।
प्रकाशित मिति: ११:१५ बजे, बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











