लागुऔषधसहित दुई युवक पक्राउ
जलेश्वर, चैत २ : भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–७ का ३३ वर्षीय...
जलेश्वर, चैत २ : भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–७ का ३३ वर्षीय रोहितकुमार राणा र महोत्तरी बर्दिबास नगरपालिका–३ का ३० वर्षीय सुमन विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
गए राति भारत बिहारको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकी महोत्तरीको औरही नगरपालिका–४ स्थित कठुधारचोकमा युवकद्वयलाई प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित नुफिन दुई एमएल ७० एम्पुल, फेनेरगन दुई एमएल ८८ एम्पुल, डाइजाल्याब ८८ एम्पुल लागुऔषध तथा सुई बरामद गरेको जनाइएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि अहिले जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको जनाइएको छ।












