Kathmandu Press

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

मोरङ, चैत २ : दूर चिकित्सा सेवा प्रभावकारी सञ्चालनका लागि थप चिकित्सक र आवश्यक सञ्चार उपकरणको व्यवस्था गर्न माग गरिएको छ।प्रदेश १ स्वास्थ्य...
दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

मोरङ, चैत २ : दूर चिकित्सा सेवा प्रभावकारी सञ्चालनका लागि थप चिकित्सक र आवश्यक सञ्चार उपकरणको व्यवस्था गर्न माग गरिएको छ।

प्रदेश १ स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आयोजित दूर चिकित्सा सेवाको नीति बैठकमा सहभागीले चिकित्सकलाई थप प्रोत्साहन भत्ता, दूर चिकित्सा केन्द्रलगायत प्रदेशका जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रमा सूचना प्रविधि जनशक्ति भएमा मात्र सेवा प्रभावकारी बताए।

Hardik ivf

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवा दुर्गम क्षेत्रका लक्षित वर्गलाई उपलब्ध गराउन दूर चिकित्सा प्रभावकारी हुने बताए। उनले आगामी असार मसान्त अगाडि सेवा सञ्चालन गरी जिल्ला अस्पतालहरूलाई जोड्न आग्रह गर्दै सरकारी अस्पतालबीच आपसी सहकार्य गरी जनतालाई गुणस्तरीय उपचार सेवा प्रदान गर्नुपर्नेमा जोड दिए।

स्वास्थ्यमन्त्री जयराम यादवले सिंहदरबारको अधिकार घरघरमा भन्ने अनुभूति दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रवाह गरेमा अनुभूति हुने विचार व्यक्त गरे। उनले स्वास्थ्य सेवालाई सवल बनाएमा सङ्घीयताको सफल कार्यान्वयन एवं स्थायित्व कायम हुने धारणा राखे।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल, स्वास्थ्य मन्त्रालयका सचिव अनुज भट्टचन, स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. मिङमार ग्याल्जेन शेर्पा र निर्देशनालयका प्रमुख ज्ञानेन्द्रबहादुर वस्नेतलगायतले दूर चिकित्सा सञ्चालनबाट प्रदेशको स्वास्थ्य क्षेत्रले गति लिने बताए।

कार्यक्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मेची अस्पताल, कोसी अस्पताल, प्रदेश प्रयोगशाला, विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक, सूचना प्रविधिविज्ञको सहभागिता थियो। बैठकमा सङ्घीय सरकारबाट दूर चिकित्सा सेवा सञ्चालनका लागि हाललाई रु ५० लाख बजेट आएको जानकारी दिइएको थियो। (रासस)

प्रकाशित मिति: ०८:०६ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्