Kathmandu Press

विश्वविद्यालय अन्यत्र नसार्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र

नेपालगञ्ज, चैत २ : बाँकेको खजुरामा स्थापना हुन लागेको प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको ध्यानाकर्षण गरिएको छ।प्रदेशसभा सदस्य...
विश्वविद्यालय अन्यत्र नसार्न मुख्यमन्त्रीलाई ज्ञापनपत्र

नेपालगञ्ज, चैत २ : बाँकेको खजुरामा स्थापना हुन लागेको प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको ध्यानाकर्षण गरिएको छ।

प्रदेशसभा सदस्य आरती पौडेलको नेतृत्वमा बाँकेबाट बुटवल पुगेको टोलीले मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र बुझाएको हो। जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, शिक्षा क्षेत्रका विज्ञ कवीन्द्र भट्टराई, लेख प्याकुरेलसहितको टोलीले मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र बुझाएको हो।

Hardik ivf

प्रदेश योजना आयोग र मुख्यमन्त्रीको कार्यालयले विश्वविद्यालय दाङ र कपिलवस्तुमा सार्ने गरी जग्गा खोज्न थालेपछि विश्वविद्यालयको विषयमा विवाद भएको छ।  

प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले अघिल्लो साता पत्रकार सम्मेलन गरेर प्रदेश विश्वविश्वविद्यालय खजुरामा राख्न अनुपयुक्त रहेको भन्दै दाङको बङ्गलाचुली वा संस्कृत विश्वविद्यालयको जग्गा र कपिलवस्तुको बहादुरगन्जमा जग्गाको खोजी भइरहेको बताएका थिए। विश्वविद्यालयका लागि १०० बिघा जग्गा सिफारिशसहित जग्गा छुट्याउने कामसमेत सम्पन्न गरेको खजुरा गाउँपालिकाले पालिकास्तरीय सर्वदलीय बैठक गर्दै योजना आयोगको तयारीप्रति आपत्ति जनाएको छ।

गाउँपालिकाका अध्यक्ष कक्षपतिले विश्वविद्यालय खजुराबाट अन्यत्र लैजान नहुनेमा जोड दिए। लुम्बिनी प्रदेश सरकारले प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आव २०७६/७७ मा रु तीन करोड, आव २०७७/७८ मा रु सात करोड र चालु आर्थिक वर्षमा रु १० करोड विनियोजन गरेको छ।

विश्वविद्यालय ऐन नबनेकाले पहिलो र दोस्रो बजेट खर्च हुनसकेको थिएन। यो योजनाका लागि बाँके जिससले पनि रु दुई करोड बजेट विनियोजन गरेको समन्वय समिति प्रमुख श्रीवास्तवले बताए। (रासस)

प्रकाशित मिति: ०७:०३ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्