Kathmandu Press

सौराहामा माहुरीले टोकेरे १६ जना घाइते

चितवन, चैत २: माहुरीले टोकेर चितवनको सौराहामा १६ जना घाइते भएका छन्।चितवनको सौराहास्थित हात्तीसार भ्रमणमा रहेका सिन्धुलीबाट आएका आन्तरिक पर्यटकलाई जङ्गली खाग माहुरीले...
सौराहामा माहुरीले टोकेरे १६ जना घाइते

चितवन, चैत २: माहुरीले टोकेर चितवनको सौराहामा १६ जना घाइते भएका छन्।

चितवनको सौराहास्थित हात्तीसार भ्रमणमा रहेका सिन्धुलीबाट आएका आन्तरिक पर्यटकलाई जङ्गली खाग माहुरीले टोकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरु सौराह भ्रमणमा रहेको वेला रत्ननगर नगरपालिका–६ स्थित हात्तीसारमा माहुरीले टोकेको हो। उनीहरुको बकुलर अस्पतालमा उपचार भइरहेको छ।

सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०६:४२ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्