Kathmandu Press

नेता पौडेलद्वारा दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि

काठमाडौं, चैत १ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सवारी दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । शोक वक्तव्य...
नेता पौडेलद्वारा दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि

काठमाडौं, चैत १ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सवारी दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । 

शोक वक्तव्य जारी गर्दै उहाँले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । शुक्लागण्डकी नगरपालिका–८ निवासी कांग्रेसका पूर्वजिल्ला सदस्य एवं प्रजातन्त्र सेनानी रुद्रबहादुर सेन, कांग्रेसका क्रियाशील सदस्य लक्ष्मी खाँण र ओमप्रकाश गुरुङको निधनबाट आफू अत्यन्तै मर्माहत भएको उल्लेख गर्दै नेता पौडेलले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे । 

Hardik ivf

यसैगरी कांग्रेस तनहुँ क्षेत्र नम्बर २ का सभापति चुडामणी खनालले पनि उक्त दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटासुमो एकापसमा ठोक्किँदा टाटासुमोमा सवार तीनै जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति: २०:५६ बजे, मंगलबार, चैत १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्