Kathmandu Press

‘होलीलाई आपसी सद्भावलाई प्रगाढ बनाउने पर्वका रूपमा मनाउनुपर्छ’

‘होलीलाई आपसी सद्भावलाई प्रगाढ बनाउने पर्वका रूपमा मनाउनुपर्छ’
Hardik ivf

काठमाडाैं, चैत १ : मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रले होली पर्वलाई आपसी सद्भाव र भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउने पर्वका रूपमा मनाउनुपर्ने बताएका छन।

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिले आज जनकपुरधाममा आयोजना गरेको होली मिलन समारोहमा गर्दै उनले होली पर्व सामाजिक सद्भाव र भ्रातृत्वको सम्बन्धलाई प्रगाढ बनाउने पर्व भएकाले सबैले उत्साह र उमङ्गको पर्वका रूपमा मनाउनुपर्ने बताए। होलीको नाममा विभिन्न किसिमका विकृति देखापरेको प्रति चिन्ता व्यक्त गर्दै उनले होलीमा हुने विकृतिजन्य कार्यलाई रोक्नुपर्ने बताए।

होली पर्वले समाजमा रहेको भेद्भाव, कुरीति अन्त्य गरी सामाजिक सद्भाव कायम राखोस् भन्ने उनले शुभकामनासमेत व्यक्त गरे। नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिका अध्यक्ष राजेशकुमार कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्यद्वय रामअशिष यादव र ज्ञानेन्द्रकुमार यादव, वरिष्ठ पत्रकार राजेश्वर नेपाली, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछानेलगायतले शुभकामना दिएका थिए।

प्रकाशित मिति: १९:४३ बजे, मंगलबार, चैत १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्