एनएसएलका लागि झापा एफसीले गर्यो टिमका प्रत्येक सदस्यकाे १० लाखको स्वस्थ्य बिमा
काठमाडौं, चैत १ : आसन्न नेपाल सुपर लिग (एनएसएल) का लागि झापा एफसीले टिमका सम्पूर्ण सदस्यको स्वस्थ्य बिमा गरेको छ । एनएसएलको नवप्रवेशी...
काठमाडौं, चैत १ : आसन्न नेपाल सुपर लिग (एनएसएल) का लागि झापा एफसीले टिमका सम्पूर्ण सदस्यको स्वस्थ्य बिमा गरेको छ । एनएसएलको नवप्रवेशी क्लब झापा एफसीले नेको इन्स्योरेन्समार्फत टिमका सदस्यको स्वस्थ्य बिमा गरेको हो ।
झापा एफसीले खेलाडी र अफिसियलको १० लाख रुपैयाँ बराबरको स्वस्थ्य बिमा गरेको हो। झापा एफसीले मंगलबार नेको इन्स्योरेन्ससँग बिमा पार्टनरका रुपमा सम्झौता गरेका छ। बिमा पार्टनर सम्बन्धी सम्झौतामा झापा एफसीका उपाध्यक्ष यम बस्नेत र नेको इन्स्योरेन्सका सिइओ अशोककुमार खड्काले हस्ताक्षर गरे।
बिमा पार्टनरका रुपमा नेको इन्स्योरेन्सलाई पाउँदा आफूहरु खुसी भएको बस्नेतले बताए । उनले फुबटल प्रवद्र्धका लागि गरेको योगदानका लागि नेको इन्स्योरेन्सलाई धन्यवाद समेत दिए। यस्तै नेको इन्स्योरेन्सका सिइओ खड्का क्लबको खेल र खेलाडीप्रतिको भिजनबाट प्रभावित भएर सहकार्य गरेको बताए ।
चैत २६ गतेदेखि काठमाडौं र पोखरामा सुरु हुने एनएसएलका लागि झापा राष्ट्रिय टिमका सदस्यहरु अञ्जन विष्ट, सन्तोष तामाङ, आशिष लामा, निशान खड्का, ऋतिक खड्का, सेशेहाङ आङ्देम्बेलगायतलाई अनुबन्धन गरेको छ।











