Kathmandu Press

प्रकाशमान सिंह भन्छन्- दुई तिहाइ बहुमतको ‘उखाने’ सरकार असफल भइसक्यो

काठमाडौं, असोज ११ :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाइ बहुमतको सरकारलाई ‘उखान....

प्रकाशमान सिंह भन्छन्- दुई तिहाइ बहुमतको ‘उखाने’ सरकार असफल भइसक्यो

काठमाडौं, असोज ११ :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाइ बहुमतको सरकारलाई ‘उखाने’को संज्ञा दिएका छन्।

काठमाडौं निर्वाचन क्षेत्र नं. १ ले शनिबार  आयोजना गरेको  शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले भाषण र उखान टुक्काले देश नचल्ने भन्दै नागढुंगाको जाम पनि खुलाउन नसकेको आरोप लगाएका छन्।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारले नागढुंगाको जाम खुलाउन नसक्दा सर्वसाधारणको ज्यान गएको भन्दै हुतिहारा सरकारले जाम समेत खुलाउन ध्यान नदिनु लाजमर्दो भएको बताए।  सिंहले नागढुंगा–नौबिसे सडकको जाम पनि खुलाउन नसक्ने सरकारका कारण सर्वसाधारणले ज्यान गुमाउन परेको भन्दै आक्रोश व्यक्त गरे।

‘यो सरकारसँग जनताले धेरै ठूलो अपेक्षा गरेर झण्डै दुई तिहाइको मत दिएका थिए’, उनले भने, ‘भाषण गरेर, उखान, टुक्का भनेर हुँदैन। काम गर्नुपर्छ।’

नेता सिंहले वर्तमान सरकारले दुई तिहाइ बहुमत पाएको सरकारले जनतालाई राहत दिनुपर्नेमा पर्नेमा चाडपर्वका समयमा चर्काे मुल्यवृद्धिको मार खेप्नु परेकाले गम्भीर हुन आग्रह गरे।

बजारमा दैनिक उपभोग्य सामानको मूल्य ह्वात्तै बढेको बताउँदै नेता सिंहले काम गर्न नसकेर सरकार असफल भएको बताए। ‘यो सरकारले काम गर्न सकेको छैन। जनताको न्यूनतम चाहना पनि पूरा गर्न सकेन। हरेक ठाउँमा असफल भएको छ,’उनले भने।

उनले संविधान विपरीतका काम नगर्न सरकारलाई चेतावनी पनि दिए।
 

प्रकाशित मिति: ११:०१ बजे, शनिबार, असोज ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्