Kathmandu Press

देवघाटमा त्रिकोणात्मक पुल निर्माण हुने

दमौली, चैत १ : तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा त्रिकोणात्मक पुल निर्माण हुने भएको छ। देवघाट क्षेत्र विकास समितिको सोमबार सम्पन्न ५९ औँ पूर्ण बैठकले...
देवघाटमा त्रिकोणात्मक पुल निर्माण हुने

दमौली, चैत १ : तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा त्रिकोणात्मक पुल निर्माण हुने भएको छ। देवघाट क्षेत्र विकास समितिको सोमबार सम्पन्न ५९ औँ पूर्ण बैठकले त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय गरेको हो। 

देवघाटमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय भएको समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिए। तनहुँ, चितवन र नवलपुर जोड्ने गरी पुल निर्माण हुनेछ । देवघाटको कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा तीन जिल्लालाई जोड्ने गरी एउटा मात्रै पिलरले धान्ने पुल निर्माण गर्न लागिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले बताए।

Hardik ivf

त्रिकोणात्मक आकर्षक ढङ्गबाट पुलको डिजाइन भइरहेकाले त्यसलाई नै हेर्नका लागि पनि यहाँ पर्यटक आउने क्षेत्र विकास समितिले विश्वास लिएको छ । चितवन र तनहुँ जोड्ने त्रिशूलीमाथि रहेको अहिलेको झोलुङ्गे पुल जीर्ण हुँदै गएकाले अब बन्ने पुल विकल्पका रुपमा लिइएको छ। 

देवघाट क्षेत्र विकास समितिका निर्देशक घिमिरेले नवलपरासीतर्फ पुल तरेपछि मौलाकालिकासम्म जानका लागि मौलाकालिका–बेनी धार्मिक पर्यटकीय पदमार्ग निर्माणको काम भइरहेको जानकारी दिए। बेनीबाट मौलाकालिका मन्दिरसम्म पुग्न ३।५ किलोमिटर पैदलयात्रा उकालो उक्लनुपर्ने हुन्छ। सो क्षेत्रमा ८० प्रतिशत काम भइसकेको छ भने बाँकी निर्माणको क्रममा छ।  

प्रकाशित मिति: १४:३२ बजे, मंगलबार, चैत १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्