उद्योग वाणिज्य सङ्घ चितवनमा नयाँ नेतृत्व
चितवन, चैत १ : उद्योग वाणिज्य सङ्घ चितवनमा नयाँ नेतृत्वले पूर्णता पाएको छ । सोमबार भएको निर्वाचनबाट समितिले पूर्णता पाएको हो । २५ सदस्यीय...
चितवन, चैत १ : उद्योग वाणिज्य सङ्घ चितवनमा नयाँ नेतृत्वले पूर्णता पाएको छ । सोमबार भएको निर्वाचनबाट समितिले पूर्णता पाएको हो । २५ सदस्यीय कार्यसमितिमा १३ जना सर्वसम्मत भएका थिए भने १२ जना मतदानबाट निर्वाचित भएका छन्।
समितिको अध्यक्षमा चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुमन श्रेष्ठ र उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ । कर्पोरेट उपाध्यक्षमा शिरिष पन्त विजयी भएका छन् । उनले शङ्कर नेपाललाई ४४ मतान्तरले जितेका हुन्। कपोर्रेट उपाध्यक्षमा राजेन्द्र ओली विजयी भएका छन् । उनले भोजराज कौडाललाई ८९ मतान्तरले जितेका हुन्।
यस्तै वस्तुगत सदस्यहरूमा गुणराज पौडेल, जनक पौडेल, रवीन्द्रकुमार श्रेष्ठ, सन्तोषजनक भुषाल विजयी हुनुभएको छ । यस्तै वाणिज्यतर्फका छ सदस्यमा थीरप्रसाद धिताल, दीपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया, ज्ञानुप्रसाद न्यौपाने निर्वाचित भएका छन्।
फागुन २५ गते भएको मनोनयनमा आवश्यक सङ्ख्यामा मात्रै उम्मेदवारी परेपछि सङ्घको कार्यसमिति महिलातर्फ पूर्णिमा श्रेष्ठ, क्षेत्रीयतर्फ रेशमलाल आचार्य, वस्तुगततर्फ डा जीवनकुमार श्रेष्ठ र रजनी मास्के निर्विरोध निर्वाचित भएका छन् । उद्योगतर्फ कार्यसमिति सदस्यमा अशोक अधिकारी, इमान्दु बराल, कृष्णप्रसाद रिजाल, रुद्र सुवेदी, लीलाबहादुर क्षेत्री र योगिता श्रेष्ठ पिया निर्विरोध निर्वाचित भइसकेका छन्।
सङ्घमा तीन हजार ४३७ मत रहेकामा दुई हजार २०१ जनाले मतदान गरेका थिए । सङ्घका कार्यकारी निर्देशक नीलबहादुर केसीका अनुसार नवनिर्वाचित कार्यसमितिलाई बुधबार पद हस्तान्तरण कार्यक्रम रहेको छ।












