Kathmandu Press

निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा कोइराला

काठमाडौं, चैत १ : नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा लेखनाथ कोइरालाका चयन भएका छन्।संगठनको ११औं राष्ट्रिय अधिवेशनले कोइरालाको नेतृत्वमा नयाँ...
निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा कोइराला

काठमाडौं, चैत १ : नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा लेखनाथ कोइराला चयन भएका छन्।

संगठनको ११औं राष्ट्रिय अधिवेशनले कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए।

Hardik ivf

त्यस्तै, अधिवेशनले उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह, महासचिवमा जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदीलाई चयन गरेको छ।

संगठनको सचिवमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी तथा कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन भएका छन्।

देशभरबाट करीब एक हजार प्रतिनिधि अधिवेशनमा सहभागी थिए। अधिवेशनको फागुन २८ गते एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा उद्घाटन गरेका थिए।

प्रकाशित मिति: ०७:०६ बजे, मंगलबार, चैत १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्