Kathmandu Press

महिला हिंसाविरुद्ध काठमाडौंमा दक्षिण एसियाली सम्मेलन हुने

काठमाडाैं, फागुन ३० : महिला हिंसा विरुद्धको आवाजलाई विश्वव्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि एक्येबद्धता जनाउन मंगलबारबाट काठमाडौंमा दुई दिने दक्षिण एसियाली सम्मेलन...
महिला हिंसाविरुद्ध काठमाडौंमा दक्षिण एसियाली सम्मेलन हुने

काठमाडाैं, फागुन ३० : महिला हिंसा विरुद्धको आवाजलाई विश्वव्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि एक्येबद्धता जनाउन मंगलबारबाट काठमाडौंमा दुई दिने दक्षिण एसियाली सम्मेलन हुने भएको छ।

वुमन एनजीओ फेडेरेसन, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग  एभ्री वुमन नामक संस्थाको संयुक्त आयोजनामा हुने उक्त सम्मेलनमा महिला हिंसाका विविध पाटोलाई उजागर गर्दै हिंसापीडितको न्यायमा पहुँच कसरी पु¥याउन सकिन्छ भन्नेमा जोड दिइने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

Hardik ivf

पत्रकार सम्मेलनमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बालिका, किशोरी, अपांगता भएका महिला, यौनिक अल्पसंख्यक, सिमान्तकृतलगायतका समूदायका महिला बढी हिंसा प्रभावित हुने गरेको बताइन्। लैंगिक हिसावले भ्रुण हत्यादेखि धर्तीमा वृद्ध हजुरआमामाथि हुने हिंसालाई केलाएर सम्बोधन गरिनुपर्ने र हिंसा प्रभावितलाई न्यायमा पहुँच दिलाउनु सम्मेलनको मुख्य उदेश्य रहेको उनले बताइन्।

त्यस्तै सम्मेलनमा दक्षिण एसिया, अमेरिकालगायतबाट महिला अधिकारकर्मी, लेखक, मानवअधिकारकर्मी सहभागि हुने स्वाम नेपालकी अध्यक्ष निर्मला शर्माले जानकारी दिइन्।

त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लीली थापाले महिला हिंसा भनेको मानव अधिकारको हनन भएकाले यस्ता हिंसालाई अन्तराष्ट्रिय रुपमै कसरी सम्बोधन र न्यूनीकरण गर्न सकिन्छ भन्ने विषय सम्मेलनमा उठाइने बताइन्।

प्रकाशित मिति: १८:१७ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्