Kathmandu Press

मोरङमा कांग्रेसको चुनावी अभियान सुरु

मोरङ, फागुन ३० : नेपाली कांग्रेसको ‘घरघर जाऔं, कांग्रेस जिताऔं' एक महिने अभियान मोरङमा विराटनगर-८ स्थित भगवतीथानबाट सुरु भएको छ।सो अभियानका मोरङ संयोजक पार्टीका...
मोरङमा कांग्रेसको चुनावी अभियान सुरु
Hardik ivf

मोरङ, फागुन ३० : नेपाली कांग्रेसको ‘घरघर जाऔं, कांग्रेस जिताऔं' एक महिने अभियान मोरङमा विराटनगर-८ स्थित भगवतीथानबाट सुरु भएको छ।

सो अभियानका मोरङ संयोजक पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी र अर्का सदस्य डा. डिला सङ्ग्रौलाले  आइतबार यहाँ आयोजित कार्यक्रममा अभियान अन्तर्गत जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाका  सम्बन्धमा सुझाव संकलन गरी समाधानको पहल गर्ने बताए।

उनीहरुले जनतलाई लोकतन्त्र, संविधानको रक्षा, मुलुकको समृद्धि र जनताको जीवनस्तर उकास्न पार्टी वर्तमान सरकारमा गएको जानकारी गराइने बताए। उनीहरुले स्थानीय तह एवं टोलटोलबाट आएको सुझावका आधारमा स्थानीय निर्वाचनमा गठबन्धन सम्बन्धमा निर्णय गरिनेसमेत बताए। 

प्रकाशित मिति: १५:२९ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्