Kathmandu Press

वाणिज्य विभागद्वारा छड पसल अनुगमन

काठमाडाैं, फागुन ३० : फलामे छडको मूल्य अत्यधिक वृद्धि भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले तीन महिनाको स्टक उपलब्ध गराउन विक्रेताहरुलाई...
वाणिज्य विभागद्वारा छड पसल अनुगमन

काठमाडाैं, फागुन ३० : फलामे छडको मूल्य अत्यधिक वृद्धि भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले तीन महिनाको स्टक उपलब्ध गराउन विक्रेताहरुलाई निर्देशन दिएको छ।

वणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले सोमबार काठमाडौंका फलामे छड बिक्री गर्ने ठुला पसलहरुको संयुक्त रुपमा अनुगमन गर्दै पुस, माघ र फागुनको स्टक मूल्यसहित तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो।

Hardik ivf

एक महिनामा नै छडको भाउमा अत्याधिक वृद्धि भएपछि बजार अनुगमन गरिएको विभागका निरीक्षण अधिकृत विजय भट्टराईले जानकारी दिए। त्यस्तै अनुगमनका क्रममा फलामे छडको मूल्यसूची अपग्रेड नगरेको भन्दै एक पसललाई ५० हजार जरिवाना गरिएको उनले बताए।

उनले विभागले छिट्टै तेललगायत अन्य खाद्य वस्तुको मूल्यवृद्धिका विषयमा बजार अनुगमन गरिने बताए। 

प्रकाशित मिति: १४:५२ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्