Kathmandu Press

संखुवासभामा बस दुर्घटना : मृतकका परिवारलाई नगरपालिकाले एक/एक लाख रुपैयाँ दिने

काठमाडाैं, फागुन ३० : संखुवासभामा बस दुर्घटनामा ज्यान गुमाएका १५ जनाको परिवारलाई मादी नगरपालिकाले एक/एक लाख रुपैयाँ दिने भएको छ।आज (सोमबार) बसेको नगर...
संखुवासभामा बस दुर्घटना : मृतकका परिवारलाई नगरपालिकाले एक/एक लाख रुपैयाँ दिने

काठमाडाैं, फागुन ३० : संखुवासभामा बस दुर्घटनामा ज्यान गुमाएका १५ जनाको परिवारलाई मादी नगरपालिकाले एक/एक लाख रुपैयाँ दिने भएको छ।

आज (सोमबार) बसेको नगर कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको हो। बैठकले घाइतेहरूलाई ५०/५० हजार रुपैयाँ दिने निर्णय पनि गरेको नगरपालिकाले जनाएको छ।

गत बिहीबार बिहान मादीको ओखरबोटेबाट झापाको दमकतर्फ जाँदै गरेको बा४ख ७३५ नम्बरको मादी–६ स्थित सात घुम्तीमा बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए। धरानस्थित उपचारका क्रममा एकजना घाइतेको मृत्यु भएपछि मृतकको संख्या १५ जना पुगेको हो। घाइते चार जनाको अवस्था सामान्य रहेको बताइएको छ। 

बैठकले मृतक र घाइतेको सम्झनामा भुमेश्वर महादेवको स्मारक बनाउने निर्णय पनि गरेको गाउँपालिकाको भनाइ छ।
 

प्रकाशित मिति: १४:५० बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्