एडीबीको प्रक्षेपणः सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत
काठमाडौं, असोज १० : एसियाली विकास बैंक (एडीबी) ले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने गरेको छ।
एडीबीले शुक्रबार नेपालक....
काठमाडौं, असोज १० : एसियाली विकास बैंक (एडीबी) ले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने गरेको छ।
एडीबीले शुक्रबार नेपालको बृहत आर्थिक अवस्थाको अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने अनुमान गरेको हो।
जुन वृद्धि दक्षिण एसियाली मुलुकहरु बंगलादेश र भारतपछि नेपालको हो।
सबैभन्दा थोरै आर्थिक वृद्धिदर भने पाकिस्तानको हुने अनुमान गरिएको छ। सन् २०२० मा पाकिस्तानको आर्थिक वृद्धिदर २.२ प्रतिशत मात्रै हुने अनुमान एडीबीले गरेको छ। एडीबीले बंगलादेशको ८ प्रतिशत र भारतको ७ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण समेत गरेको छ।
एडीबीले तीन तहका सकारले खर्च वृद्धि र निजी लगानीलाई प्रोत्साहन गर्न सके वृद्धिदर झनै बढ्ने अनुमान समेत गरेको छ। एडीबीले ठूला परियोजना लगानी, पर्यटक आगमनमा वृद्धि भएमा आर्थिक वृद्धिदर झनै बढ्ने अनुमान गरेको छ।
मौसम, बिजुली र लगानीमैत्री वातावरणमा आएको सकारात्मक सुधारले सेवा क्षेत्रमा ६.९ प्रतिशतको वृद्धि हुने जनाएको छ भने औद्योगिक क्षेत्रमा ७.९ प्रतिशत हुने समेत अनुमान एडीबीको छ। सन् २०२० मा मूल्यवृद्धि पनि ५.५ प्रतिशत हुने अनुमान एडीबी रहेको छ भने सबैभन्दा थोरै माल्दिभ्सको सबैभन्दा थोरै महँगो बढ्ने प्रक्षेपण गरेको छ। जसमा १.५ प्रतिशत हुने अनुमान रहेको छ। सबैभन्दा धेरै महँगी पाकिस्तानमा हुने प्रक्षेपण समेत गरेको छ।
दक्षिण एसियाली मुलुक पाकिस्तानमा १२ प्रतिशत हुने प्रक्षेपण रहेको छ भने भारतमा ४ प्रतिशतमा मूल्य वृद्धि सीमित रहने अनुमान एडीबीको छ। चालु आर्थिक वर्षमा सरकारले ८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ। गत वर्ष ७.१ प्रतिशत आर्थिक विस्तार भएको अनुमान गरिएको छ।






