Kathmandu Press

मेयर कप क्रिकेट : दशरथचन्दको विजयी सुरुआत

बैतडी, फागुन ३० : दशरथचन्द नगरपालिकामा जारी मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दनपा–५ दशरथचन्द विजयी भएको छ। दशरथचन्दले दनपा–७ दुर्गास्थानलाई १२९ रनले पराजित...
मेयर कप क्रिकेट : दशरथचन्दको विजयी सुरुआत

बैतडी, फागुन ३० : दशरथचन्द नगरपालिकामा जारी मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दनपा–५ दशरथचन्द विजयी भएको छ। 

दशरथचन्दले दनपा–७ दुर्गास्थानलाई १२९ रनले पराजित गरेको हो । एक सय ९२ रनको लक्ष्य पछ्याएको दुर्गास्थानको पारी ६.५ ओभरमा सवै विकेट गुमाएर ६२ रनमै समेटियो । उसका लागि नवराज बडूले १३ र रमेश बडूले ११ रन बनाए । हारसँगै दुर्गास्थान प्रतियोगिताबाटै बाहिरिएको छ । बलिङतर्फ दशरथचन्दका जगदीश चन्द एक्लैले ६ विकेट लिए। 

त्यसअघि निङ्ग्लाशैनी खेल मैदान देहिमाडौँमा पहिला ब्याटिङ गर्दै दशरथचन्दले १८.३ ओभरमा सवै विकेट गुमाउँदै १९१ रन बनाएको थियो। उसका लागि जगदीश चन्दले सर्वाधिक ३७ रन बनाए । बलिङतर्फ दुर्गास्थानका राकेश बडूले तीन विकेट लिए। दशरथचन्दका जगदीश चन्द ‘म्यान अफ दी म्याच’ घोषित भएको स्कोरर खेमराज भट्टले जानकारी दिए। 
    
दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा यही फागुन २५ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी चैत २ सम्पन्न हुनेछ । उपाधि विजेता टोलीले रु ७५ हजार र उपविजेताले रु ५० हजार, ट्रफी र प्रमाणपत्र पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले बताए। 

प्रकाशित मिति: १४:१४ बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्