प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं, फागुन ३० : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० ले घटेर रु एक लाख दुई हजार ३०० मा आएको छ। पहेँलो...
काठमाडौं, फागुन ३० : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० ले घटेर रु एक लाख दुई हजार ३०० मा आएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ८००मा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ८०० तोकिएको छ। जसको मूल्य आइतबार प्रतितोला रु एक लाख दुइ हजार ३०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ४१५ तोकिएको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:१४ बजे, सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












