रामेछापमा गोठमा आगलागी हुँदा बालिकाको मृत्यु
रामेछाप, फागुन ३० : आगलागीमा परेर रामेछापमा अपाङ्गता भएकी एक बालिकाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका रामेछापको उमाकुण्ड गाउँपालिका ६ गुप्तेश्वर बस्ने १८...
रामेछाप, फागुन ३० : आगलागीमा परेर रामेछापमा अपाङ्गता भएकी एक बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका रामेछापको उमाकुण्ड गाउँपालिका ६ गुप्तेश्वर बस्ने १८ वर्षीया मिनकुमारी मगरको मृत्यु भएको हो।
गोठमा एक्लै रहेको वेला आगलागी भएका वेला उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार थिङले बताए।
प्रहरीका अनुसार आमा चन्द्रकुमारी बाख्रालाई खोले बसालेर खेतबारीमा काम गर्न गएकी थिइन्। त्यहिबाट आगो सल्केर आगलागी भएको डीएसपी थिङले बताए।
आगलागीबाट गोठ पूरै जलेको छ। त्यहाँ भित्र भएका सरसामान पनि जलेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०८:११ बजे, सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












