Kathmandu Press

पोखरामा स्तन तथा पाठेघर मुखको क्यान्सर शिविर

पोखरा, फागुन ३० : पोखरा महानगरपालिका–११ रानीपौवामा महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।मार्गदर्शन महिला समूहद्वारा आयोजित शिविर...
पोखरामा स्तन तथा पाठेघर मुखको क्यान्सर शिविर

पोखरा, फागुन ३० : पोखरा महानगरपालिका–११ रानीपौवामा महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।

मार्गदर्शन महिला समूहद्वारा आयोजित शिविर गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाको आर्थिक सहयोग भएको थियो। उनले प्रदेशसभा सदस्य भएदेखिनै आफूले पाउने तलब, भत्ताबापतको रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएका छन्।

Hardik ivf

शिविरको शुभारम्भ गर्दै मन्त्री थापाले प्रदेश सरकारले समेत क्यान्सर तथा पाठेघर मुखको क्यान्सरबाट पीडित महिलालाई उपचारका लागि सहयोग गर्दै आएको जानकारी दिए।

त्यस्ता बिरामीलाई सङ्घीय सरकारले एक लाख र प्रदेश सरकारले ५० हजार उपचारार्थ उपलब्ध गराउँदै आएको छ। शिविरमा गण्डकी मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञ डा. अनु हीराचनसहितको स्वास्थ्यकर्मीको टोलीले १६१ महिलाको स्वास्थ्य परीक्षण गरेको थियो।

सो अवसरमा १० महिलाको थप उपचार गर्नुपर्ने देखिएकाले अस्पतालमा सिफारिस गरिएको कार्यक्रम संयोजक अंशु शेर्पाले जानकारी दिए। कार्यक्रममा आवश्यक औषधि पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले उपलब्ध गराएको शाखा प्रमुख सविना श्रेष्ठले जानकारी दिए।

पोखरा महानगरपालिका–११ का वडाध्यक्ष मोहन बास्तोलाले मार्गदर्शन महिला समूह समाजका लागि एक उदाहरण बनेको उल्लेख गर्दै शिविरबाट समाजका विपन्न एवं असहाय वर्गले बढी फाईदा लिने गरेको बताए।

कार्यक्रममा नेपाली कांग्रेस पोखरा महानगरपालिका–११ का सभापति हरिप्रसाद बास्तोला र स्थानीय समाजसेवी प्रेम कर्माचार्यलगायतले क्यान्सर रोग र शिविरको महत्व माथि प्रकाश पारेका थिए।

प्रकाशित मिति: ०७:५० बजे, सोमबार, फागुन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्