Kathmandu Press

मुख्यमन्त्री राउतको गुनासो- केन्द्र सरकारका कारण स्वायत्त भएर काम पाएनाैं

परासी, असोज १० : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले स्वायत्त भएर काम गर्न नपाएको बताएका छन्।

समाजवादी पार्टी नवलपर....

मुख्यमन्त्री राउतको गुनासो- केन्द्र सरकारका कारण स्वायत्त भएर काम पाएनाैं
फाइल

परासी, असोज १० : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले स्वायत्त भएर काम गर्न नपाएको बताएका छन्।

समाजवादी पार्टी नवलपरासीले शुक्रबार परासीमा गरेको कार्यकर्ता भेटघाटमा मुख्यमन्त्री राउतले संविधानमा गरिएका व्यवस्था ठीक भए पनि संघीय सरकारका कारण स्वायत्तता नपाएको बताएका हुन्।

मुख्यमन्त्री राउतले भने,“संविधानका केही प्रावधान विश्वकै उत्कृष्ट पनि छन्, केही प्रावधानहरु संशोधन गर्नुपर्ने पक्षमा हामीहरु रहेका छौँ।” उनले संविधानका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आवश्यक संशोधन गर्नुपर्ने बताए। मुख्यमन्त्री राउतले संविधान नै जलाउने पक्षमा भने आफूहरु नरहेको बताए। उनले प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले आफूहरु संविधान दिवसमा मौन बसेको स्पष्ट पारे।
 
संविधानले थुप्रै उपलब्धि दिएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले संविधानको विरोध गर्दा व्यवस्थालाई नै असर पर्ने देखेर मौन बसेको बताए। स‌ंघीयताकै कारण मुलुकभर विकासको लहर चलेको बताउँदै उनले समाजवादी पार्टी जातीय र क्षेत्रीय पार्टी नभएको प्रस्ट पारे। उनले राजपा नेपालसँग एकता हुनसक्ने संकेत पनि गरे। रासस

प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, असोज १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्