तारकेश्वर नगरपालिकाबाट जुवा खेलिरहेका १० जना पक्राउ
काठमाडाैं, फागुन २९ : प्रहरीले काठमाडाैंकाे तारकेश्वर नगरपालिकाबाट जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेकाे छ।महानगरीय प्रहरी परिसर काठमाडौंले तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित जगत डंगोलको...
काठमाडाैं, फागुन २९ : प्रहरीले काठमाडाैंकाे तारकेश्वर नगरपालिकाबाट जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेकाे छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित जगत डंगोलको घरभित्र जुवातास खेलिरहेको भन्ने सुचनाकाे आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ पर्नेहरूकाे साथबाट नगद १ लाख ९ हजार ७४५ रुपैयाँ र ३ थान तासबरामद गरेको छ।
उनीहरुमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार जुवा वा सट्टाबाजी गर्न नहुने सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ६ दिनको म्याद थपेर महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।
प्रकाशित मिति: २०:१७ बजे, आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












