Kathmandu Press

बालविवाह अन्त्यका लागि प्रभावकारी कानुनको कार्यान्वयन आवश्यक

बालविवाह अन्त्यका लागि प्रभावकारी कानुनको कार्यान्वयन आवश्यक
Hardik ivf

काठमाडाैं, फागुन २९ : बालविवाह अन्त्यका लागि भएका नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग गरिएको छ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानद्वारा आज आयोजित कार्यक्रममा अधिकारकर्मीहरूले कानुन कार्यान्वयन गर्ने जिम्मेवार निकाय गैरजिम्मेवार भएको भन्दै ऐन कार्यान्वयनमा जोड दिएका हुन्।

केन्द्रीय बालकल्याण परिषद्का पूर्वकार्यकारी निर्देशक तारक धितालले बालविवाह अन्त्यका लागि विभिन्न तहमा बनेका नीति, रणनीतिको कार्यान्वयनका लागि पर्याप्त स्रोतसहितको व्यावहारिक कार्ययोजनाको अभाव रहेकाले कतिपय अवस्थामा बालविवाह विरुद्धका विषय दस्तावेजमा नै सीमित हुने गरेको बताए।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले बालविवाह महिलाको मात्रै समस्या नभएर समग्र देशकै समस्या भएको बताउँदै बालविवाह अन्त्यका लागि पुरुषको समेत उत्तिकै भूमिका हुने बताए। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्माले सङ्घीयदेखि कतिपय प्रदेश तथा स्थानीय तहसम्ममा रणनीति बनेको भए पनि त्यसको कार्यान्वयनका लागि स्रोतसहितको आवधिक कार्ययोजना बनाउनुपर्ने आवश्यकता औँल्याए। विद्यमान बालविवाह अन्त्यसम्बन्धी राष्ट्रिय रणनीतिको समीक्षा गरेर कार्यान्वयन योग्य हुने गरी परिमार्जन गर्नुपर्ने सञ्जालको भनाइ छ।

प्रकाशित मिति: १९:४५ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्