Kathmandu Press

अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिन : अर्थमन्त्री

काठमाडाैं, फागुन २९ : अर्थमन्त्री जनार्दशन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको प्रष्ट पार्दै स्थिति सहज हुनासाथ त्यसलाई विस्थापित...
अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिन : अर्थमन्त्री
Hardik ivf

काठमाडाैं, फागुन २९ : अर्थमन्त्री जनार्दशन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको प्रष्ट पार्दै स्थिति सहज हुनासाथ त्यसलाई विस्थापित गर्ने बताएका छन। भन्सार विभागद्वारा यहाँ आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाइले भन्सार असुली  प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशनसमेत दिए।

उनले पछिल्लो समयमा देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै त्यसलाई समाधान गर्न सरकारले केही वस्तुको आयातमा मार्जिन राखेको स्पष्ट पारे। मार्जिन सधैँका लागि नभएको उनको भनाइ छ। उनले भने, 'भन्सार कार्यालयमा देखिएका समस्या समाधान गर्न नीतिबाट सिर्जित नयाँ चुनौतीको सामना गर्दै राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्टता हासिल गर्न गोष्ठीले प्रभावकारी भूमिका खेल्ने विश्वास लिएको छु।' उनले भन्सार कार्यालयमा प्रयोग हुने भेहिकल स्क्यानिङसम्बन्धी निर्देशिका बन्दै गरेको र चाँडै कार्यान्वयनमा आउने प्रतिबद्धता जनाउँदै व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडि बढ्न सबै कर्मचारीलाई निर्देशन दिए।

भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म तीन खर्ब पाँच अर्ब राजस्व सङ्कलनको लक्ष्य भए पनि आयातमा गरिएको कडाइका बाबजुत तीन खर्ब आठ अर्ब राजस्व सङ्कलन भएको जानकारी दिए। उनका अनुसार कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको छ।

प्रकाशित मिति: १८:३७ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्