पाँच विधामा सात नगरपालिका उत्कृष्ट
काठमाडाैं, फागुन २९ : नेपाल नगरपालिका संघले पाँच विधामा सात नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ।संघको २९औं वार्षिक उत्सवका अवसरमा आइतबार सात नगरपालिकालाई उत्कृष्ट...
काठमाडाैं, फागुन २९ : नेपाल नगरपालिका संघले पाँच विधामा सात नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ।
संघको २९औं वार्षिक उत्सवका अवसरमा आइतबार सात नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरिएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधामा उत्कृष्ट नगरपालिकालाई पुरस्कृत गरेका थिए। नगरपालिका संघले गरेको मूल्यांकनबाट संस्थागत विकासतर्फ उत्कृष्ट काम गरेकोमा स्याङ्जाको वालिङ नगरपालिका र पुतलीबजार नगरपालिका पुरस्कृत भएका छन्।
त्यस्तै सहरी योजना तथा विपद व्यवस्थापनमा उत्कृष्ट काम गरेबापत धादिङको निलकण्ठ नगरपालिका पुरस्कृत भएको छ। वन, वातावरण र जलवायु परिवर्तन तथा उत्थानशीलताको क्षेत्रमा इलाम नगरपालिका पुरस्कृत भएको छ।
स्थानीय स्रोत परिचालन गरेर स्थानीय आर्थिक विकास गर्नेमा सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट भएको भने सामाजिक विकासको विधानमा रुपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको राप्ती नगरपालिका उत्कृष्ट भए।












