Kathmandu Press

जग्गा नामसारी गर्दा घुस मागेपछि कर्मचारीविरूद्ध मुद्दा

जग्गा नामसारी गर्दा घुस मागेपछि कर्मचारीविरूद्ध मुद्दा

काठमाडाैं, फागुन २९ : कानुनअनुसार प्रक्रिया पूरा गरेर  तोकिएको राजस्व तिरेपछि घरजग्गाको नामसारी हुन्छ। सो कार्यका लागि सरकारले देशभर नै मालपोत कार्यालय स्थापना गरेको छ ।

घरजग्गाको कारोबार, नामसारीको सेवा दिन बसेका कर्मचारीले नियमअनुसार काम गर्नुपर्छ तर आफूले प्राप्त गरेको अधिकारको दुरुपयोग गरी सामान्य प्रक्रियामा हुने काममा उल्झन खडा गर्‍यो वा त्यसैमा घुस माग्यो भने त्यो सरासर भ्रष्टाचारजन्य अपराध ठहरिन्छ।

Hardik ivf

घरजग्गाको कारोबार वा नामसारी गराउने जिम्मेवारी लिएर मालपोत कार्यालयमा बसेका एकाध कर्मचारीले बदमासी गर्दा त्यसको असर अन्य कार्यालयमा समेत परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जग्गा नामसारी गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस माग्ने एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि मालपोत कार्यालयभित्र हुने बदमासी सार्वजनिक भएको हो।  

आयोगका अनुसार मालपोत कार्यालय चाबहिल काठमाडौँमा कार्यरत खरिदार लक्ष्मण बस्नेतले सामान्य प्रक्रियाबाट हुने कामका लागि सेवाग्राहीसँग रु. १ लाख ३५ हजार घुस माग्दै गरेको अवस्थामा पक्राउ परेका थिए। आयोगले घुस लिँदै गरेको अवस्थामा यही फागुन १२ गते कार्यालयबाटै पक्राउ गरेको थियो।

जग्गा नामसारी गर्ने काममा सहजीकरण गरिदिएको भन्दै खरिदार बस्नेतले आफ्नो ओहोदा र पदीय दायित्वकोसमेत ख्याल नगरी घुस मागेको आयोगको आरोप छ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आरोपी खरिदार बस्नेतविरुद्ध बिगोबमोजिमको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको हो। (रासस) 
 

प्रकाशित मिति: १७:३७ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्