Kathmandu Press

उपरथीको दर्ज्यानी चिह्न अधिकारीलाई

काठमाडौं, फागुन २९ ः प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका प्रेमध्वज अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा...
उपरथीको दर्ज्यानी चिह्न अधिकारीलाई

काठमाडौं, फागुन २९ ः प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका प्रेमध्वज अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा सहायकरथीबाट उपरथीमा यही फागुन २६ गते पदोन्नति भएका अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

सेनाले उपरथी अधिकारीलाई राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशकको जिम्मेवारी दिएको छ। 

प्रकाशित मिति: १७:२४ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्