देशभर थप ६५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, फागुन २९ : नेपालमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ६ हजार ३ सय ६ पिसिआर परिक्षणका क्रममा ५९...
काठमाडाैं, फागुन २९ : नेपालमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ६ हजार ३ सय ६ पिसिआर परिक्षणका क्रममा ५९ जना र १ हजार ६ सय ४१ एन्टिजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै आइतबार पनि कोरोनाका कारण कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।
त्यस्तै थप १ सय ९१ संक्रमित निको भएका छन्। हाल नेपालमा ४ हजार ९ सय १७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १६:४२ बजे, आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












