Kathmandu Press

एमसिसी नेपालको हितमा छ, भ्रमको पछि नलागौं : कांग्रेस नेता आचार्य

रसुवा, फागुन २९ :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहन आचार्यले एमसिसी परियोजना नेपालको हितमा रहेको भन्दै यसका विरुद्धमा छारिएका भ्रमको पछि नलाग्न...
एमसिसी नेपालको हितमा छ, भ्रमको पछि नलागौं : कांग्रेस नेता आचार्य

रसुवा, फागुन २९ :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहन आचार्यले एमसिसी परियोजना नेपालको हितमा रहेको भन्दै यसका विरुद्धमा छारिएका भ्रमको पछि नलाग्न कांग्रेसका स्थानीय कार्यकर्तालाई आग्रह गरेका छन्। 

रसुवाको दक्षिणी भेग पारच्याङमा नेपाली कांग्रेसको बागमती प्रदेश (क) द्वारा आयोजित भेलामा उनले भने, 'देशमा विद्युत्, सडक तथा पूर्वाधारको निर्माणमा एमसिसी परियोजना आवश्यक रहेको र हाम्रै माग र आवश्यकतामा यो सम्झौता भएकाले यसको विरोध गर्नुको कुनै छैन, यस्ता भ्रमको पछि नलागौं।'

Hardik ivf

कांग्रेस नेता आचार्यले अब यो परियोजनाको कार्यान्वयनको पक्षलाई सबैको सहमति र सहकार्यबाट अघि बढाउनुपर्नेमा पनि जोड दिए। मुलुकमा विद्युत् तथा सडक निर्माण जस्ता कार्यमा यो परियोजनाले सहयोग पुर्‍याउने भएकाले यसका विरुद्ध प्रचार तथा नकारात्मक टीकाटिप्पणीको पछि नलाग्न आग्रह गरे। 

रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद आचार्यले आफू समुन्नत रसुवा निर्माणका लागि अहोरात्र खट्ने प्रण पनि गरे। सोही कार्यक्रममा एमाले, माओवादी केन्द्र र जसपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने विभिन्न स्थानीय नेता तथा कार्यकर्तालाई आचार्यले स्वागत गरेका थिए। 

सो कार्यक्रममा नेपाली कांग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङ र सचिव लक्ष्मणप्रसाद देवकोटा, प्रदेशसभा क्षेत्र (क) का सभापति श्यामकुमार गुरूङ, बागमती प्रदेशसभाका सभासदद्वय प्रभात लामा र प्रेम तामाङ, नेका बागमती प्रदेश कार्यसम्पादन समितिका सदस्य लामाकार्पु तामाङ, उपेन्द्र लम्साल, शेषकुमारी अधिकारीलगायतका वक्ताले भूकम्प र त्यसपछिका समयमा जिल्लामा सांसद आचार्यले गरेको सहयोगको सराहना गरेका थिए।

प्रकाशित मिति: १६:३० बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्