आज पाटनस्थित कृष्ण मन्दिरको ३८५औं स्थापना दिवस
काठमाडौं, फागुन २९ : आज पाटनस्थित कृष्ण मन्दिरको ३८५औं स्थापना दिवस हो। यस मन्दिर सन् ७५७ नेपाल संम्वत फागुन शुल्क दशमीमा तत्कालीन राजा...
काठमाडौं, फागुन २९ : आज पाटनस्थित कृष्ण मन्दिरको ३८५औं स्थापना दिवस हो। यस मन्दिर सन् ७५७ नेपाल संम्वत फागुन शुल्क दशमीमा तत्कालीन राजा सिद्धिनरसिंह मल्लले स्थापना गरेको इतिहासरकार त्रिरत्न मानन्धर बताउँछन्।
मन्दिर निर्माणका विषयमा विभिन्न किंवदन्ती प्रचलित छन्। तीमध्य एक हो, राजा सिद्धि नरसिहं मल्लले सपना हाल कृष्ण मन्दिर भएको स्थानमा राधा कृष्णा उभिएको देखे। जससँगै उनले उक्त स्थानमा कृष्ण मन्दिरको स्थापना राजा सिद्धिनरसिंह मल्लले गरेको जानकारहरू बताउँछन्।
मन्दिर एउटा सिंगो ढुंगाले मात्र बनेको भन्ने कथन पनि प्रचलित छ। यद्यपि, मन्दिर सिंगो ढुंगो नभई एकै प्रकारको ढुंगाले बनेको मन्दिरका पुजारी प्रतापधर शर्माले काठमाडौं प्रेसलाई जानकारी दिए।
स्थापना दिवसको अवसरमा पाटन मन्दिर गुठीले विशेष होम अनुष्ठान आयोजना गर्न लागिएको पाटन मन्दिरको पुजारी प्रतापधर शर्माले बताए । पुजारीहरू होम तथा विष्णुका नाममा जप पनि गरिने उनले बताए । साथै, मन्दिरभित्रको मूल भगवान् विष्णुलाई दूधले रुद्री अर्थात् अभिषेक गरिने पनि उनले बताए।
भगवान् विष्णुको दश अवतार मध्येको एक अवतार भएको कारण पनि मन्दिर अघि गरुडको स्थापना गरिएको छ। यद्यपि, मन्दिरको अघि गरुडको स्थापना भने मन्दिर स्थापना भएको १० वर्षपछि मात्र भएको उनले बताए । गरुड स्तम्भ पनि राजा सिद्धिनरसिंह मल्लले नै निर्माण गरेका थिए।
वरपरका साबिकका मन्दिरको तुलनामा यस मन्दिर शिखर शैलीमा बनेको कारण पर्यटक तथा स्थानीयको आकर्षणको केन्द्र बनेको छ।












