जिपी फाउन्डेसनले चैत ५ र ६ मा तेक्वान्दो प्रतियोगिता गर्ने

काठमाडाैं, फागुन २९ : गिरिजाप्रसाद कोइराला फाउण्डेसन (जिपी फाउण्डेसन) ले तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ।
गिरिजा प्रसाद कोइरालाको १२औं स्मृति दिवसको अवसरमा ‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पिियनसिप २०२२’ आयोजना गर्ने भएको हो।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले चैत ५ र ६ गते दशरथ रंगशाला त्रिपुरेश्वर, काठमाडौंमा उक्त प्रतियोगिताको आयोजना गरिने जानकारी दिएको हो।
प्रतियोगितामा ७ प्रदेश २ विभागिय टिमका (त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल क्रमशः ३/३ जना महिला/पुरुष, महिला तौल समूह ४७–५५ केजी, पुरुष तौल समूह ५५–६३ केजी) खेलाडीहरुको सहभागिता रहने र विजेता खेलाडीले क्रमशः ५००, ३०० र २०० नगद अमेरिकी डलर पुरस्कारका साथै मेडल र प्रमाणपत्र वितरण गर्ने फाउण्डेशनका युवा तथा खेलकुद विभाग बागमति प्रदेश संयोजक तुलसी थापा मगरले जानकारी दिइन्।
त्यस्तै फाउण्डेशनका खेलकुद विभाग सहसंयोजक धर्मराज गिरीले जिपि फाउण्डेशन ७७ वटा जिल्ला र र ७ प्रदेशमा रहेको भन्दै प्रत्येक प्रदेश र जिल्लामा संयोजक तोकिएको उहाले जानकारी दिए।











