Kathmandu Press

साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई विशेष सम्मान

काठमाडौं, फागुन २९ : अभिनव साहित्य समाज र सुरभि साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई नगद पुरस्कारसहित विशेष सम्मान गरेका छन्। अभिनव साहित्य...
साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई विशेष सम्मान

काठमाडौं, फागुन २९ : अभिनव साहित्य समाज र सुरभि साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई नगद पुरस्कारसहित विशेष सम्मान गरेका छन्। 

अभिनव साहित्य समाजको २४१औँ साहित्यिक शङ्खला अन्तर्गत २१औँ वार्षिकोत्सव एवं शिशिर विशेष कवि गोष्ठीको अवसर पारेर शनिबार जोरपाटीमा आयोजित कार्यक्रममा उहाँलाई समाजको तर्फबाट दश हजार र प्रतिष्ठानको तर्फबाट  पाँच हजार गरी कूल रु १५ हजारसहित अभिनन्दन गरिएको हो।
 
यसैगरी गोपाल अस्कलाई नगद रु १० हजारसहित वेदमणि अभिनव गजल पुरस्कार २०७८ ले सम्मानित गरिएको छ । समाजसेवी श्रीकृष्णराज पुडासैनीलाई समाजसेवा सम्मान प्रदान गरिएको समाजका अध्यक्ष  गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले जानकारी दिए। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय प्रेक्षितले पुरस्कार एवं सम्मान प्रदान गरेका थिए।

Hardik ivf

 सो अवसरमा सचिव उपाध्यायले कविले थोरै शब्दमा धेरै भाव आउने रचना सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा ठाकुर शर्मा, कणाद महर्षि, डिल्लीराज अर्याल, कल्पतरुका सम्पादक नवराज पुडासैनी ज्योत्स्नालगायतले आ–आफ्ना मन्तव्यसहित रचना वाचन गरेका थिए।  उनीहरुले समाजको प्रत्येक महिनाको अन्तिम शनिबारको कार्यक्रमले जोरपाटी क्षेत्रमा सिर्जनात्मक वातावरण बनेको बताए।
 
कार्यक्रममा समाजका उपाध्यक्ष बिमल अर्याल, सदस्य शारदा पराजुली, सचिव परशुराम पराजुली, सदस्य मेनका पोखरेल, घनश्याम प्रसाइँ, विन्दा खतिवडा, सुमन पुडासैनी र आलोक चालिसेलगायतले सम्मानित व्यक्तित्वका बारेमा प्रकाश पार्दै आ–आफ्ना रचना वाचन गरेका थिए।

वाचित रचनामध्ये देवीप्रसाद मिश्र, देवकी खतिवडा, शान्ति रिसाल र बिपी इलामेको रचनालाई उत्प्रेरक पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित मिति: १४:३० बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्