Kathmandu Press

वाग्मती प्रदेशसभाको बैठक बस्दै

हेटाैंडा, फागुन २९ : वागमती प्रदेशसभाको बैठक आज  (आइतबार) बस्दैछ। यसअघि पटकपटक स्थगन भएको बैठक झण्डै तीन महिनापछि आज बस्न लागेको हो।बैठक दिउँसो...
वाग्मती प्रदेशसभाको बैठक बस्दै

हेटाैंडा, फागुन २९ : वागमती प्रदेशसभाको बैठक आज  (आइतबार) बस्दैछ। यसअघि पटकपटक स्थगन भएको बैठक झण्डै तीन महिनापछि आज बस्न लागेको हो।

बैठक दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। आज बैठक बस्नुअघि बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएकोे उनको भनाइ थियो। उक्त बैठकले आज सदनमा पेस गर्ने कार्यसूची तय गर्नेछ।

Hardik ivf

एमालेको अवरोधका कारण गत पुस ८ गते स्थगन भएको प्रदेशसभाको नवौं अधिवेशनअन्तर्गतको  बैठक यसअघि पटकपटक मिति तय भए पनि बस्न सकेको थिएन।

यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक पनि विशेष कारण देखाउँदै स्थगन गरिएको थियो। प्रदेशसभामा हाल १ सय ९ सदस्य छन्। तीमध्ये एमाले ४३, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई, जसपाका एक सांसद छन्।

प्रकाशित मिति: १२:२८ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्